गजल- स्त्री, पुरूष भन्दा अर्काे जात छैन

शनिबार, जेष्ठ ३१, २०७७

- शिवहरी दाहाल-कटारी, उदयपुर



दैवले बनायो मान्छे, मान्छेले बनायो जात
त्यै जातले गर्दा आज, छुटेका छन् कयौँ साथ

कोही माथि कोही तल, जातले हुन्न मानव
कर्मले बन्दछ मान्छे, बरु देवता या दानव

खाने एउटै पिउने एउटै, काटे सबको रगत रातै
कुन शास्त्रमा लेख्या छ र, सर्वश्रेष्ठ हो र जातै ?

सानो-ठुलो बन्दैन जातले, बरु सोचले बन्दछ
मैले पाएको शिक्षाले त, यही कुरा भन्दछ

शरम लाग्छ सुन्दा पनि, २१ औँ सताब्दीमा आज
जातकै नाउँमा पनि अझै, मारिँदै छन् नवराज

चेतनाको विस्तार गरौँ, कडा पारौँ कानुन
स्त्री-पुरुष बाहेक अर्को, जात छैन जानुन्
स्त्री-पुरुष बाहेक अर्को, जात छैन जानुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments