गजल-जान्छु सिमानामै मरुँला बिन्ती कफन दिनुहोस्

शनिबार, जेष्ठ १७, २०७७

- सौगात शाह-(बुढिगङ्गा न.पा. ५ ,बाजुरा)



मालिक,मलाइ एक छिन भए पनि आसन दिनुहोस्,
जान्छु सिमानामै मरुँला बिन्ती कफन दिनुहोस्

आमाले बा-लाई यस्तै भन्नू भएथ्यो जानू पहिले,
युद्ध लडेर जितेरै फर्किन्छु भनेर वचन दिनुहोस्,

बा युद्ध सङ्ग्राममा बित्नुभयो ,छोरा युद्ध बिराम लागेर ,
महोदय,अब-बा को निधन आमालाई नभनी दिनुहोस् ।

मैले जोड्न नसकेको,मेरो पाखुराले आर्जिन नसकेको,
सरकार,मेरो छोरा खुकुरी सिक्ला हजुरको आँगन दिनुहोस् ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments