गजल-माइती घर अब, बिरानो भएछ !

शनिबार, माघ ५, २०७५

- मन्जु सिल्वाल (त्रिपाठी)



माइती घर अब, बिरानो भएछ

भत्कियो बार चुहिने, छानो भएछ ।

कोरेर भुइँ उफ्रिँदै , ढ्याक खेलेको,
आँगन पनि खुम्चिएर, सानो भएछ

भएको थोरै बारी, बन्यो गन्दे घारी,
आम्दानी मुरी बाट, मानो भएछ ।

बहिरो छँदै थियो , छिमेकी पहिले,
मिचेर साँध साच्चै नै, कानो भएछ ।

बाबाको वियोगमा, रुँदारुँदा आमाको,
रितिई आँसु आँखा , ओभानो भएछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata