फुर्काएपछि जो कोही फुरूक्क हुने

आइतवार, असार १०, २०७५



फुर्काएपछि जो कोही फुरूक्क हुने
जोश आए घरीघरी जुरूक्क हुने

…………………………………..

अलिकति नजराना यसो टक्राए
जस्तोसुकै काम पनि खुरूक्क हुने

…………………………………..

पीर पर्नेहरूलाई खप्न नसकि
दुबै आँखाबाट आँसु तुरूक्क हुने

…………………………………..

रिस उठे भने ताति कुरै नबुझि
भुइँबाट तीनफिट माथि बुरुक्क हुने

…………………………………..

केही पाउने आसले हजुर भन्दै
नुन खाएको कुखुरो झैँ लुरूक्क हुने

 

298 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank