फूलको पनि आउछ जवान रात परे पछि !
बुधबार, मंसिर १९, २०७५
- नहकुल जाेशी

त्यसरी सम्झिन थाल्छ मन रात परेपछि,
जसरी मुस्कुराउछ गगन रात परे पछि ।।
उनले भनिन मलाई रात संग नफरत छ
त्यै भएर प्रिय लाग्छ जुन रात परे पछि ।।
भमराहरू त बादल लागेको पनि सहन्नन
फूलको पनि आउछ जवान रात परे पछि ।।
तारा जत्तिकै मानिसहरू बाचेका छन
प्रकृतिले गर्छ आर्जन रात परे पछि ।।
बरू निर्दयी दिनहरू संग नफरत छ मेरो
प्रियाको रहर लाग्दो समर्पन रात परे पछि ।।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments