प्रिय ! मलाई फेवातालमा डुङ्गा चढ्ने मन छ

सोमवार, बैशाख ३१, २०७५



प्रिय !  मलाई फेवातालमा डुङ्गा चढ्ने मन छ।
माछापुच्छ्रे हेर्दै रमाउँ यै मनले भन्छ।

……………………………………………………

सुन्दर सेतो सगरमाथा शिरकै ताज ओडी
काखमा हेर, मेचि कोशी कलकल बहन्छ।

……………………………………………………

हुम्ला जुम्ला मोटर चढी घुम्न जान पाए
आहा ! हाम्रो जीवन यात्रा अझ मोहक बन्छ।

……………………………………………………

भाषा भेष आफ्नै अनि भिन्न संस्कृतिका
आत्मियता सद्भाव अनि मीठो आफ्नो पन छ।

……………………………………………………

मठ, मन्दिरका देवतालाइ साछी किन राख्ने
माया लाको हेर्ने नदी अनि त्यो गगन छ।

325 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank