गजल- गोठमा नाइ अब घरमै बसाउनु छ आमा

शनिबार, माघ ५, २०७५

- सुरेन्द्र शाही"गुलाव कान्छो"



गोठमा नाइ अब घरमै बसाउनु छ आमा

तम्रै हातबाट छाउ गोठ भत्काउनु छ आमा

परम्पराबाटै चली आयाको कुप्रथा हटाइ,
छाउ भयाका बेला तमीकन बचाउनु छ आमा

जन्म दिई हुर्कायौ, बढायौ र पढायौ मलाई,
जागीर खाइ तमीलाई मस्तै सघाउनु छ आमा

घरैबस्नि बुहारी र आमा छाउ भयाका बेला,
स्वर्गबासका बुवाकन यो रैबार सुनाउनु छ आमा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata