सिडियो टाकुरे राजा, प्रदेशका राजा र गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयका महाराजा बने: सांसद महत

सोमवार, बैशाख २९, २०७७



काठमाडाैं ।प्रतिनिधि सभाको शुन्य समयम बोल्दै सांसद गजेन्द्र बहादुर महतले लकडाउनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टाकुरे राजा बनाएको आरोप लगाएका छन ।

उनले भने लकडाउनको परिभाषा मैले बुझिन ? ७७ वटा जिल्लाका सिडियो टाकुरे राजा भएका छन । सात वटा प्रदेश राजा बनेर बसेका छन । गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालय महाराजा बनेर बसेका छन । जनतालाई पीर मर्का बुझ्नका लागि सुेनेको छैन। जनतालाई यति पीर मर्का परेको छ । जनतालाई पीर मर्का बढाउनलाई लकडाउन बनेको हो ? भन्दै प्रश्र गरेका छन ।

एउटा माननिय जिल्ला जानका लागि सिडियो चाकडी गर्न पर्छ । गृहमन्त्रालय धाउन पर्छ । सभामुखलाई फोन गर्दा फोन उठदैन ।माननीय जिल्ला जान पाउद्यैन एउटा समान्य फुली भएको माननियलाई चिन्दैन । यी राजा महाराजाको चाकडी गर्न पर्छ भन्दै प्रश्न सहित आक्रोश व्यक्त गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments