सामुन्द्रिक प्लास्टिकजन्य फोहोर कमि गर्ने प्रतिबद्धता

सोमवार, असार २, २०७६



एजेन्सी । जापानमा बसेको एक भेलामा विश्वको बीस ठुला अर्थ व्यावसायीहरु र उर्जा मन्त्रीहरुको समुहले सामुन्द्रिक  प्लास्टिकजन्य फोहोर कमि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हिजो (आइतबार) बसेको जी-२० को भेलाले प्लास्टिकजन्य उत्पादन कमि गर्न कुनै पनि मुलुकलाई निर्देशित गरिएको छैन  । यद्दपी एक वर्ष भित्र भएको प्रगतिको विवरण र कार्य भने सार्वजनिक गर्नुपर्ने बताइएको छ । जापानिज समाचार एजेन्सी योमिउरी शिम्बुनका अनुसार जापान सरकारले आउँदो नोभेम्बरमा प्रगति विवरण हेर्न पहिलो बैठक बस्ने आशा गरेको छ  ।

“यो ठूलो कुरा हो कि हामी र विकाशील देशहरु सहित सबैका लागि एक भरपर्दो नियम बनाउन सक्षम भयौं।” जापानी पर्यावरण मन्त्री योशीएकी हाराडाले बताएका छन् ।

प्लास्टिक प्रदूषणले विश्वलाई पिरोलेको छ ।  ठुला अर्थतन्त्र भएको देश चीन, जापान लगायतका केहि देशहरुले सामुन्द्रिक सतहमा आइपुग्ने फोहोरलाई संकलन गरिरहेका छन् । र, सोहि कच्चापदार्थलाई प्रशोधन गरि बाहिरि मुलुकमा निर्यात गरिरहेका छन् ।  यस भेलाले यस्ता कार्यहरु पनि निषेधित हुन् पुगेको अन्तराष्ट्रिय माध्यमहरुले जनाएका छन् ।

पोलिथिन झोला, स-साना प्लास्टिक, उत्पादकीय सामानका खोलहरु, जो सयौं वर्षसम्म  कुहिन सक्दैनन् ।  हानिकारक रसायनहरुले सामुन्द्रिक जीव, पंक्षी, उभयचर साथै जमिनमा बस्ने जनावरमा नराम्रो प्रभाव पारिरहेको छ  ।

स्मरण रहोस्, प्लास्टिकको कारण केहि महिना अघि इटालीमा एक गर्भवती ह्वेल मृत अवस्थामा भेटिएकी थिइन् । जसको पेटबाट २२ किलो प्लास्टिक निकालिएको समाचार पछी विश्वको ध्यान खिच्न सफल भएको थियो ।

प्लास्टिक जन्य उत्पादनमा रोक लगाउन पहिलोपटक आयोजित यस विशाल भेला जापानको कारुइजावा स्थित सेन्ट्रल माउन्टेन रिसोर्टमा सम्पन्न भएको थियो ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank