फुटसलमा राप्रविसं र राप्रमसं विजयी

सोमवार, जेष्ठ २८, २०७५



काठमाडौं ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा सम्पन्न ‘नेता÷कार्यकर्ता मैत्रीपूर्ण फुटसल प्रतियोगिता’मा पुरुष तर्फ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन तथा महिलातर्फ राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले विजय प्राप्त गरेका छन् ।

६ टिमको सहभागिता रहेको सो खेलको फाइनलमा पुरुषतर्फ राप्रपा केन्द्रीय कार्य समितिको टिमलाई राप्रविसं टिमले जितेको हो ।
यस्तै महिला तर्फ राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बिचको खेलमा राप्रमसं ले विजय प्राप्त गरेको थियो ।

हाँडीगाउँस्थित धन्यन्तरी फुटसल प्रा.लि.मा आयोजित सो प्रतियोगिताको उद्घाटन पार्टीका उपाध्यक्ष टंक ढकालले गरेका थिए ।

132 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank