अरुण भ्याली फुटबल हुने

बिहिबार, अशोज २६, २०७४

loading...


संखुवासभा । संखुवासभाको खाँदबारीमा बिहीबारबाट सातौँ अरुण भ्याल्ली रनिङ शिल्ड फुटबल प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगिता असोज ३० सम्म सञ्चालन हुने प्रतियोगितामा १६ टिम सहभागी छन् । अरुण भ्यालीको विजेताले नगद १ लाख २५ हजार पाउने छ भने उपविजेताले ७५ हजार पुरस्कार पाउने छ । तेस्रो हुनेले ४० हजार पाउने छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोरक्षक, गोलकर्तालाईसमेत नगद, शिल्डले सम्मान गरिनेछ । एड्भान्स क्लबले आयोजना गरेको प्रतियोगितामा भोजपुर, धनकुटा, सुनसरी, मोरङ र काठमाण्डौका टिमको सहभागिता छ । बिहीबार भएको खेलमा संखुवासभाको मिर्मिरे युथ क्लब र मोरङको युवा कञ्चन क्लब विजयी भएको छ ।

147 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank