फुजेल काण्डको नयाँ मोड : छविलाल पौडेलसहित १२ जना रिहा

सोमवार, भदौ २५, २०७५



काठमाडौं । जिल्ला अदालत चितवनको आदेशपछि फुजेल काण्डमा परेका छविलाल पौडेलसहित १२ जना आज रिहा भएका छन् । चितवन अदालतको आदेशमा उनीहरु आज बिहानै रिहा भएका हुन् । मुख्य न्यायधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाई दिने फैसला गरेपछि उनीहरुलाई आज रिहा गरिएको हो ।

सफाइ पाउनेमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल, रामप्रसाद अधिकारी (क) र (ख), कालिप्रसाद अधिकारी, सीता तिवारी, सुभद्रा तिवारी, बिष्णु तिवारी लगायत रहेको जिल्ला अदालतका श्रेष्तेदार गेहेन्द्रराज पन्तले जानकारी दिए । प्रतिवादी रुद्र आचार्य भने फरार छन् । आयरल्याण्डमा रहेका भनिएका उनको हकमा भने पछि फैसला हुने अदालतले जनाएको छ ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको २४ जेठ २०६१ मा चितवनबाट अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएको बेला अपहरणमा परेका उनकोे रत्ननगरको बकुलहरमा हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो ।

142 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank