फुजेल काण्ड : छविलाल पौडेललाई सफाई

आइतवार, भदौ २४, २०७५

गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या घटनाका १२ आरोपीलाई जिल्ला अदालत चितवनले सफाई दिएको छ।  मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले फरार रहेका मुख्य अभियुक्त रुद्र आचार्य बाहेक अन्य सबै आरोपीलाई सफाई दिने फैसला गरेको हो। आयरल्याण्डमा रहेका आचार्यबारे पछि फैसला गरिने अदालतले जनाएको छ।

फैसलाअनुसार सफार्इ पाउनेमा छविलाल पौडेल, रामप्रसाद अधिकारी, कालिप्रसाद अधिकारी, सीता तिवारी, सुभद्रा तिवारी, बिष्णु तिवारी लगायतका रहेका छन्।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको २४ जेठ २०६१ मा अपहरणपछि हत्या भएको थियो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank