११ महिनादेखि ५३५ जना महिलाले सुत्केरी भत्ता पाएनन

आइतवार, जेष्ठ २६, २०७६

- दिपकराज जाेशी



बझाङ । बझाङका सुत्केरी महिलाहरुले ११ महिनादेखी राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहन वाफतको भत्ता नपाएको गुनासो गरेका छन् ।

उनीहरुले साउन महिनादेखि सुत्केरि महिलाले भत्ता नपाएको गुनासो गरेका छन् । राज्यले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माए वाफत सुत्केरी महिलालाई हिमाली जिल्लामा प्रति महिला ३८०० रुपैयाँ दिदै आइरहेको भएपनि जिल्ला अस्पताल बझाङले भने साउनदेखीका सुत्केरी महिलालाई भत्ता नदिएको पाइएको छ ।

अस्पतालमा बच्चा जन्मेपछि राज्यले रकम दिन्छ भन्ने उद्धेश्यले केहि महिना अघि सुत्केरी ब्यथा लागेर अस्पताल भर्ना गरे । बच्चाको जन्म भयो डिस्चार्ज भएको पनि धेरै भयो तर अस्पतालले सुत्केरी भत्ता अझै नपाएको सुनिकोट गाउँपालिका वडा नम्बर ९ का सोम बहादुर थापाले गुनासो गरे । थापाकी श्रीमती रुपादेवि थापाले पाउनुपर्ने सो रकम अझै नपाएकोमा राज्यले समय मा नदिएकोमा दुख व्यक्त गरिन ।

परिवार स्वास्थ्य महाशाखा काठमाडौंले रकम नपठाइदिदा सुत्केरीलेलाई सो भत्ता बितरण गर्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख डा. सन्दिप ओखेडाले बताए । रकम उपलब्ध स्थानिय तह मार्फत हुने भएता पनि अहिले सम्म अस्पतालमा नपुगेको तर स्वास्थ्यको लागि केहि रकम जयपृथिवि नगरपालिका को खातामा आइसकेको अब छिट्टै निकासा गर्ने नगर प्रमुख बिरेन्द्र खडकाले बताए ।

गत साउन देखि अहिले सम्म जिल्ला अस्पतालमा सुत्केरी हुने महिलाको सख्या ५३५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank