मुल्यबृद्धि विरुद्ध निकालिएको जुलुसमा एकको मृत्यु २२० घाइते

आइतवार, मंसिर २, २०७५



फ्रान्स । फ्रान्सको सरकारले इन्धनको मुल्य बृद्धि गरे सँगै भएको आन्दोलनमा प्रहरीले व्यापक दमन गरेको छ । सरकारले सामान्य चालक माथी हरित कर थप्दै इन्धनको मुल्य बृद्धि गरे सँगै हजारौं सर्वसाधरण सडकमा ओर्लिएका थिए ।

विरोधका क्रममा अत्यन्त आक्रमक भएको भिडलाई नियन्त्रणमा गर्ने क्रममा प्रहरीले अत्यन्त दमन गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।  उक्त भिडन्तमा २२० भन्दा बढी घाइते र ७ को अबस्था चिन्ता जनक रहेको छ भने एकको मृत्यु भएको जनाएको छ ।

आफ्नो लोकप्रियताको दुरुपयोग गर्दै गरिएको मुल्यबृद्धि सँगै सर्वाधारण सडकमा ओर्लिएका हुन् । विरोधीको भनाई अनुसार राष्ट्रपति म्याक्रोन सामान्य र मध्यम वर्गलाई उपेक्षा गर्दै उर्जा सब्सिडी हटाइएको बताइरहेका छन् ।

168 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank