समाजवादी फोरममा मधेसी जनजाती कित्ताकाट, सचिवले छाडे पार्टी

बिहिबार, चैत्र २२, २०७४



काठमाडौं । ‘प्रधानन्त्रीको भारत भ्रमण अगाडीनै मन्त्रिपरिषदमा सहभागि हुने र भ्रमणको दलको सदस्य भएर भारत समेत जाने’ प्रधानमनत्री केपीशर्मा ओली र संघीय समाजवादी फोरम नेपालबीच सहमति भएको थियो । तर प्रधानमन्त्री ओलीको भ्रमण अगाडी फोरमको सत्तारोहण सम्भव भएन ।

प्रधानमन्त्री फर्केपछि पनि सरकारमा जाने नजाने अनिश्चत देखिएको छ । संविधान संसोधन गर्ने र दुई मन्त्रालय लिनेमा फोरम सहमत भएपनि खास आन्तरिक विवादपनि मुख्यकारण रहेको पाइएको छ । संघीय समाजवादी फोरममा कसलाई मन्त्री बनाउने भन्नेमा बिवाद चर्केको छ । पार्टीभित्र मधेसी र जनजातीबीच दुई कित्ता देखिएको छ । मन्त्री छान्ने बिषयमा अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई पक्षबीचको बिवाद रहेको एक नेताले जानकारी दिए । उनका अनुसार विवादले गर्दा तीन मन्त्रालयमा अडान राख्नु परेको र त्यसले सत्तारोहण अनिश्चित बनेको छ ।

सरकारले फोरमकालागि दुई मन्त्री र एक राज्यमन्त्रीको भाग छुट्ट्याएको छ । तर पार्टीभित्रै भाग पुर्याउन २ मन्त्री २ राज्यमन्त्री यादवको अडान छ । तर १६ सांसद भएको फोरममा ८ जना बलिया आकाक्षि छन् । अध्यक्ष यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, मोहमद् इश्तियाक राइ, रेणु यादव लगायतका नेताहरु दौडमा छन् । अध्यक्ष यादव आफु र रेणु यादव गएर राई पक्षकालाई राज्यमन्त्री दिन खोजिरहेका छन् । पहाड र मधेशको मतसंख्या देखाएर जनजाती र मधेशी समुदायबीच कित्ताकाट समेत हुने गरेको छ । पार्टी भित्रको विवादका कारण सचिव अजम्वर काङमाङ राईले पार्टी नै परित्याग गरेका छन् ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहाडबाट भोट थोरै आएको भन्दै अध्यक्ष उपेन्द्र यादव पक्षवरिष्ठ नेता अशोक राई समुहलाई सरकारमा नपठाउने योजनामा छ । राई समुह भने आफ्नो पक्षबाट एकजना मन्त्रीहुनु पर्ने अडानमा छ । पार्टी एकता हुनुअघि भन्दा कम भोट आएको बिषयमा दुई पक्षबीच बैठकमै पटक पटक भनाभन हुने गरेको छ । तर, मन्त्रीका आकांक्षी नेता मोहमद् इश्तियाक राइ सरकार र फोरमबीच हस्ताक्षर नहुँदा सरकारमा जान ढिलाई भएको दावी गर्छन । फोरमले सरकारमा जाने निर्णय नै गरिसकेको छ । तर आन्तरिक विवाद नै फोरमको सत्तारोहणमा बाधक बनेको छ ।

593 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank