कुवेतमा ढिस्कोमा पुरिएर चार नेपाली कामदारको मृत्यु

बिहिबार, फाल्गुन १, २०७६



एजेन्सी । कुवेतको एक ढुंगा र बालुवाखानीमा पुरिएर चारजना नेपालीको नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेको नाम भने अझै खुलेको छैन ।

चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेको थियो । ढिस्कोमा पुरिएकामध्ये ६ जनाको सकुशल उद्धार गरिएको कुवेती अधिकारीले जनाएका छन् । ३ जनाको घटनास्थलमै र एक जनाको बाहिर निकालेपछि मृत्यु भएको अरब टाइम्सले जनाएको छ ।

कुवेतको भौतिक मामिलासम्बन्धी मन्त्री राना अल फरिसले घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गर्न निर्देशन दिएकी छिन् । पुरिएका श्रमिकलाई अहिले पनि निकाल्ने काम भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments