सीपीएलमा राष्ट्रिय टोलीका चार खेलाडीको नाम समावेश

बिहिबार, जेष्ठ २, २०७६



काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वान्टी–ट्वान्टी क्रिकेटको ड्राफ्टमा नेपाली राष्ट्रिय टोलीका चार खेलाडीको नाम समावेश गरिएको छ । सीपीएलले सार्वजनिक गरेको ड्राफ्टमा नेपाली राष्ट्रिय टोलीका तिब्र गतिका बलर सोमपाल कामी, लेग स्पिनर सन्दीप लामिछाने , दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल रहेका छन् ।

सन्दीपले गत सिजनको सीपीएल पनि खेलका थिए । उनले गत सिजन ‘सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स’बाट सीपीएल खेलेका थिए । गत सिजन सन्दीपले ५ खेल खेल्दै ७ विकेट लिएका थिए ।

सीपीएलको ड्राफ्ट आगामी मे २२ मा लण्डनमा सार्वजनिक गरिनेछ । यस पटकको ड्राफ्टमा सम्रगमा २० देशबाट कीर्तिमानी ५ सय ३६ विदेशी खेलाडीले स्थान बनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank