इन्धन लिन गएका ट्याङकरलाई भारतीय सुरक्षाकर्मीद्वारा चार घण्टा अवरोध

मङ्लबार, चैत्र १८, २०७६



काठमाडौं । इन्धन भर्न गएका नेपाली टयाकरलाई भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन ।   इन्धनलिन जने क्रममा ट्याङकर भारतीय सुरक्षाकर्मीले चार घण्टासम्म  रक्सौल नाकामै रोकेर अवरोध  गरेका छन।

भारतको रक्सौलस्थित आइओसीको डिपोमा पेट्रोल र डिजेल भर्न गएका ट्याङकरलाई सुरक्षाकर्मीले भारत प्रवेशमा अवरोध गरेका थिए । मङगलबार बिहान वीरगन्ज नाकाबाट भारत जान लागेका ४० टयाङकर रक्सौल नाकामा भारतीय सुरक्षाकर्मीले अबरोध पुरयाएका थिए ।

इन्धन भर्न गएका खाली टयाङकर भारतीय नाकामा रोकिएको खबर प्राप्त हुनासाथ नेपाल आयल निगमकाे पहलपछि  रोकिएका इन्धनका टयाङकरहरूले ४ घण्टा पछि मात्रै भारत प्रवेश पाएकाे जनाइएकाे छ ।

वीरगन्जस्थित भारतीय महावाणिज्यदूतावासका अधिकारीसँग समन्वय गरेपछि मात्रै टयाङकर भारतीय सुरक्षाकर्मीले रक्सौल छिर्न दिएको आयल निगम वीरगन्ज शाखाका प्रमुख राम कुमार न्यौपाने जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments