फोटो प्रतियोगिता २०७६ को आवेदन खुला

सोमवार, पुस २१, २०७६



काठमाडौं । सातौं संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश हुन आवेदन खुला गरिएको छ । फोटो जर्नालिस्ट क्लब, नेपालले आफू खिचेका फोटोलाई प्रतियोगितमा समावेश गर्न आग्रह समेत गरेको छ ।
ग्लोबल आइएमई बैंक नेपालका अध्यक्ष चन्द्रप्रसाद ढकालले पत्रकार सम्मेलनमा  सो प्रतियोगिता सुरु भएको घोषणा गरेका हुन् । विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने  आयोजकले जनाएको छ ।
व्यावसायिक र सौखिन सबै खाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन सक्ने छन् । प्रतियोगितामा विदेशी नागरिक र विदेशमा खिचिएको फोटोलाई समावेश गरिने छैन । खेलकूद विधामा  नेपाल बाहिर खिचिएको तस्वीरलाई समावेश गराउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments