विमान आगलागी हुँदा ४१ जनाको मृत्यु

सोमवार, बैशाख २३, २०७६



मस्को । रुसको राजधानी मस्कोमा आइतबार एक यात्रुवाहक विमान आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ  । ७८ यात्रु सवार रसियन सुपरजेट विमान आपतकालीन ल्यान्डिङ गर्ने  क्रममा आगलागी भएको हो ।

मस्कोको सबैभन्दा व्यस्त हवाईअड्डा शेरमेतियोवोमा आपतकालीन ल्यान्डिङ गर्ने क्रममा एयरोफ्लाइट एस यु१४९२ नम्बरको  विमान आगलागी भएको हो  । एजेन्सीको रिपोर्टअनुसार २ बच्चा र एक अमेरिकी नागरिकको पनि मृत्यु भएको छ । त्यस्तै ५ जना गम्भीर घाइते छन् । उनीहरुलाई उपचारको लागि अस्पताल पुर्याइएको छ ।

सोसल मिडियामा उक्त विमान आगलागीको भिडियो सियर पनि भएको छ । जहाँ रनवेमा आगोको मुस्लो सहित विमान कुदिरहेको देखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments