पाकिस्तानको पूर्वप्रधानमन्त्री आसिफ अलि जरदारी गिरफ्तार

मङ्लबार, जेष्ठ २८, २०७६



इस्लामाबाद । राष्ट्रिय जवाफदेही ब्यूरोले फर्जी बैंक खाताको मामिलामा पाकिस्तानका पूर्वप्रधानमन्त्री आसिफ अलि अजरदारीलाई गिरफ्तार गरेको छ ।

पूर्वप्रधानमन्त्री जरदारीको जमानत निवेदन खारेज हुनासाथ उनी पक्राउ परेका हुन । करिब साढे विलियन पाकिस्तान रुपैंया घोटालाको मामिलामा उनी माथि अनुसन्धान भइरहेको थियो । जरदारीलाई आज मंगलबार अदालतमा पेश गर्ने जनाइएको छ । लामो समय देखी भ्रटाचारको ६ वटा घटनाहरुमा इस्लामबादको हाइकोर्टबाट जमानतमा रहेका पूर्वप्रधामन्त्री जदरदारी यस पटक जमानतबाट बच्न असफल रहेका हुन ।

पाकिस्तानको राष्ट्रिय जवाफदेही ब्यूरोले आज अदालतमा पेश गरेको ११ पृष्ठको रिपोर्टमा ३६ भ्रटाचारको घटनाहरुमा पाकिस्तान पिपुल्स पार्टी र ८ घटनामा सह अध्यक्ष जरदारी संग्लग्न रहेको जनाएको छ ।

न्याय मूर्ति उमर फारुकको अगुवाईमा दुई न्यायाधीशको इजलासले पूर्वप्रधानमन्त्री जरदारीलाई भ्रटाचारको घटनामा थप जमानतमा छोड्न मञ्जुरी नदिएको ब्यूरोले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank