दिल्लीको पूर्व मुख्यमन्त्री शीला दीक्षितको मृत्यु

शनिबार, साउन ४, २०७६



एजेन्सी । भारतको दिल्लीकी पूर्वमुख्यमन्त्री  एवंम्  काँग्रेसको वरिष्ठ नेत्री  शीला दीक्षितको  शनिबार निधन भएको छ । लामो समय देखि स्वास्थ्य समस्याबाट गुज्रीरहेकी दीक्षितको एस्कार्ट अस्पतालमा उपचारको क्रममा उनको निधन उनको परिवारले  जनाएको छ ।

ह्रदयरोग(र्कोडियाक आरेस्ट)को  समस्या रहेकी  दीक्षित ८१ वर्षको उमेरमा शनिबार ३:५५ मिनेटमा मृत्यु भएको समाचारमा जनाइएको छ ।
दीक्षित १९९८ देखि २०१३ सम्म लगातार १५ वर्ष दिल्लीकी मुख्यमन्त्री थिइन् । उनको आइतबार निगम बोध घाटमा अन्तिम संस्कार गरिनेछ ।

राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वेकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, दिल्लीको  मुख्यमन्त्री अरविन्द केजरीवाल लगायतका वरिष्सठ नेताहरुले उनको निधनप्रति शोक प्रकट गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata