नजन्मिएकी छोरीलाई !

सोमवार, बैशाख २३, २०७६

- दोस्ताज



नजन्मिएकी छोरीलाई !

नजन्मिएकी
मेरी छोरी !
तैले श्वास फेर्न थालेको दिन
म श्वास फेर्न छोडिदिनेछु !
मलाई थाहा छ
त्यो मरि बाचेको
शङ्कर लामिछाने बाहेक
मलाई बुझ्ने
एक त हुनेछस्
तलाई मैले
जन्माउनभन्दा पहिले
कयौं !छोराहरूलाई
गर्भभित्रै मारेर
धर्म पनि गरे होला सायद !
अब! यो भन्दा बढी धर्म गरेछु भने
सायद
त्यो मेरो पहिलो र अन्तिम
एक ठूलो पाप हुनेछ
कारण !
डा.चोआलालका अनुसार
यसपटक !
मेरो कोखमा रहेको भुर्ण
एक छोरी
भएर हुर्कदै गरेकी छे

नजन्मिएकि मेरी छोरी!
तैले श्वास फेर्न थालेको दिन
म श्वास फेर्न छोडिदिनेछु
किनकि
मलाई थाह छ
मलाई बुझ्ने
तँ बाहेक
यो दुनियाँमा
अरु
कोहि भेटिने छैन

मलाई यो पनि थाह छ
कुनैदिन
तेरो कोखबाट
म जस्तैः
एक सुन्दर छोरी जन्मिने छे

तैले त्यही दिन सास फेर्न भुलिजानेछस्
जुन जिवन-मृत्यु
प्रक्रिया
केही  शताब्दीसम्म चलिरहनेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank