मैत्रीपूर्ण महिला फुटबलमा नेपाल विजयी

शनिबार, पुस २, २०७३

loading...


मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल विजयी भएको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल १–० ले विजयी भएको हो ।

साफ वुमेन्स च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टिमले मैत्रीपूर्ण खेलमा मलेसियालाई पराजित गरेको छ । टीम नेपालका लागि विजयी गोल अञ्जली योञ्जनले गरेकी हुन । फिफा वरियतामा नेपाल ११२ औं स्थान र मलेसिया ८६ औं स्थानमा छ ।

 ११ पुसदेखि भारतको सिलिगुडीमा शुरु हुने चौथो साफमा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंका एउटै समूहमा परेको छ ।

625 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv