रुपन्देही जिल्ला फुटबल संघमा केसी

मङ्लबार, पुस १८, २०७४



बुटवल । रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा दीर्घबहादुर केसी (कुमार) विजयी भएका छन् । उनले अर्का प्रत्यासी ऋषी ज्ञवालीलाई पराजित गरेका हुन् । रुपन्देहीका २० मध्ये १९ क्लबले चुनावमा भाग लिएका थिए । खसेको १९ मध्ये १४ मत प्राप्त गरी केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् ।

एन्फाले माघ ५ गतेसम्म चुनाव गर्न ४५ वटा जिल्लाका संघलाई निर्देशन दिएको थियो जसअनुसार चुनाव भएको रुपन्देही नवौँ जिल्ला हो । जिल्ला अधिवेशन सकिएपछि चैत १४ गते एन्फाको चुनाव हुनेछ ।

सोमबार राति भएको चुनावबाट संघको उपाध्यक्षमा भुपेन्द्रबहादुर क्षेत्री (हरि), मुकेश कुँवर र खेमराज गुरुङ विजयी भएका हुन् ।

सदस्यमा होम गलामी, सोमबहादुर थापा (सुरज), पदमबहादुर थापा (अशोक), जुक्तबहादुर थापा, मनोजकुमार थापा, इसान भण्डारी, शंकर मल्लाह र प्रेम राना विजयी भए । संघको पहिलो बैठकले महासचिव, सचिव र कोषाध्यक्ष मनोनीत गर्नेछ ।

यसअघि साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवललाई खेलग्रामको रुपमा विकास गर्ने उपमहानगरको योजना रहेको बताए।

एन्फाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मणि कुँवरले रुपन्देही जिल्ला फुटबलमा सम्भावना बोकेको क्षेत्र भएको भन्दै सहयोगका लागि एन्फा तयार रहेको बताए ।

344 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank