कोरोना भाइरसबाट स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु

मङ्लबार, चैत्र ४, २०७६



एजेन्सी । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट स्पेनमा एक जना फुटबल प्रशिक्षकको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट २१ वर्षीय फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो । कोरोना भाइरसका कारण मृत्यु हुनेमध्ये उनी कम उमेरका व्यक्ति हुन् ।

गार्सियाले मालागास्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमलाई प्रशिक्षण दिने गरेका थिए । कोरोना भाइरसको गम्भीर लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालमा लैजानेबित्तिकै चिकित्सकले उनमा ब्लड क्यान्सर भएको पत्ता लगाएका थिए । चिकित्सकले ब्लड क्यान्सर नभएको अवस्थामा उनलाई बचाउन सकिने बताए । पछिल्लो समयमा युरोपमा इटली र स्पेन कोरोना भाइरसबाट सबैभन्दा बढी आक्रान्त बनेका छन् ।

स्पेनले गत साता आपतकालीन अवस्थाको घोषणा गरेको थियो । स्पेनमा हालसम्म करिब १० हजारमा कारोना भाइरस संक्रमण देखिएको छ । त्यसमध्ये ३ सय ४२ जनाको मृत्यु भइरहेको छ । मलागामा कोरोनाबाट मृत्यु हुने गार्सिया पाँचौ व्यक्ति हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments