बाहिरिन लागेको अर्जेन्टिना अन्तिम १६ मा

बुधबार, असार १३, २०७५



काठमाडौं । रुस विश्वकपमा नाइजेरियालाई २-१ गोल अन्तरले हराउँदै आर्जेन्टिना प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। उक्त हारसँग ‘सुपर इग्लस’ पनि भनिने नाइजेरिया विश्वकपबाट बाहिरिएको छ।

अन्तिम समयमा मार्कोस रोजोले गोल गर्दै नाटकीय रुपमा आर्जेन्टिनालाई जित दिलाए र शीर्ष १६ मा आफ्नो टोलीको स्थान सुनिश्चित गरे।  म्यान्चेस्टर युनाइटेडका रक्षापङ्क्तिका खेलाडी रोजोले गाब्रिएल मर्सेडोले दिएको बल तलबाट कुनामा च्यापेर गोल गर्नुअघि आर्जेन्टिना विश्वकपबाट बाहिरिने सँघारमा थियो।

लियोनेल मेसी नेतृत्वको अर्जेन्टिना जित्नै पर्ने खेलमा चाहे अनुसारको परिणाम निकाल्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको हो ।

यो विश्वकपमा कठिन संघर्ष गरेको अर्जेन्टिनालाई नकआउट चरणमा पु¥याउनका लागि कप्तान लियोनेल मेसी र मार्कोस रोहोले गोल गरे । अर्जेन्टिनालाई जिताउने क्रममा मेसीले खेलको १४ औँ मिनेटमा उत्कृष्ट गोल गरे । मेसीले एभर बनेगाको पासमा खेलको १४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई विश्वकपको नकआउट चरणमा लैजाने बाटो खोलेका थिए ।

तर, ६६ प्रतिशत बल पोजेसन आफ्नो पक्षमा राखेको अर्जेन्टिनाले खेलको ५१ औँ मिनेटमा पेनाल्टीको सामना गर्नुपर्यो । जाभिएर मास्चेरानोले नाइजेरियाका खेलाडीलाई डी एरियाभित्र तानेर लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भिक्टोर मोसेसले गोल गर्दै बराबरी गरेका थिए ।

त्यसपछि निरन्तर आक्रमण बुनेको अर्जेन्टिाले पाभोन र सर्जियो अग्वेरोलाई पनि आक्रमणका लागि मैदानमा उतार्यो । तर अग्रता लिन उसले ८६ औँ मिनेटसम्म पर्खिनुपर्यो ।

८६ औँ मिनेटमा ग्याब्रिएल मेर्काडोको पासमा म्यानचेस्टर युनाइटेडका डिफेन्डर मार्कोस रोहोले उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनाले राहतको श्वास मात्रै फेरेन, विश्वकपको अन्तिम १६ मा पनि पुग्यो ।

समूहको पहिलो खेलमा आइसल्यान्डविरुद्ध बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग पराजित भएपछि नाइजेरियाविरुद्धको अन्तिम खेलमा जित्नै पर्ने दबाबमा थियो ।

206 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank