प्रहरीले जित्यो जेसीज विकास रनिङ शिल्ड  फुटबल प्रतियोगिता २०७६

शुक्रबार, कार्तिक १५, २०७६



काठमाडौं ।  चितवन जिल्ला फुटबल संघको सह आयोजना तथा विकास शिल्ड समितिको सहयोगमा संचालन भएको “टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय  फुटबल प्रतियोगिता २०७६” मा नेपाल प्रहरीको पुरुष फुटबल टिम प्रथम भएको छ ।

 असोज २८ देखि कात्तिक ९ गतेसम्म उक्त प्रतियोगितामा  प्रहरी विजयी भएकाे  हाे ।  प्रतियोगितामा व्यक्तिगत विधातर्फ प्रहरी जवान शत्रुघन कुमार चौधरी वेष्ट गोलकिपर र प्रहरी कार्यालय सहयोगी रवि शंकर पासवान सर्वोत्कृष्ट खेलाडी हुन सफल भएको नेपाल प्रहरी खेलकुद समिति काठमाडौंले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata