भारतविरुद्ध नेपालको ऐतिहासिक जित

सोमवार, माघ २८, २०७५



काठमाडौं । हिरो गोल्डकप फुटबलमा नेपालले भारतलाई हराएको छ । प्रतियोगिताको सोमबार भएको खेलमा नेपालले भारतलाई २–१ गोलले हराएको हो । साफ र ओलम्पिक छनोटको तयारीस्वरुप भारतले आयोजना गरेको खेलमा नेपालले भारतलाई २–१ गोलले हराएको हो ।

खेलमा दुबै गोल सावित्रा भण्डारीले गरिन् । खेलको पाँचौ र सातौं मिनेटमा भण्डारीले नै प्रहार गरेको गोलले नेपालको जित सुनिश्चित गरायो । भारतको तर्फबाट रत्नाबाला देवीले फ्रीकिकमार्फत खेलको ८४औँ मिनेटमा गोल गरिन् । महिला फुटबलमा नेपालले भारतलाई पहिलोपटक पराजित गरेको हो ।बुधबार नेपालले इरानसँग प्रतिष्पर्धा गर्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata