दशै तिहारको अवसर पारेर बाजुरामा महिला फुटबल प्रतियोगिता सुरु

शनिबार, अशोज १३, २०७५

- प्रमित वि.क



बाजुरा ।  दशैं तिहारको आगमनको अवसर पारेर बाजुरामा महिला खुला फुटबल प्रतियोगीताको आयोजना गरिएको छ ।  महिला हिँसा विरुद्ध हाम्रो आवाज, नारीको सम्मानका लागि समाज सुरक्षा कबज, भन्ने मुल नाराका साथ खुला महिला फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

उक्त प्रतियोगिताको शनिबार विहान एक औपचारिक कार्यक्रमकाबीच बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले खुला महिला फुटबल प्रतियोगिताको उद्घाटन गरेकी छन् । खुला महिला फुटबल प्रतियोगितालाई संचालन गर्नका लागि बडीमालिका युथ क्लबको आयोजनामा बडिमालिका नगरपालिकाको आर्थिक सहयोगमा, मुख्य प्रायोजक योङ स्टार बेम्बो कटेज त्यस्तै सह प्रायोजक चन्दिका फे्रस हाउसले कार्यक्रमको प्रायोजन गरेको छ ।

????????????????????????????????????

फाेटाे प्रमित  विक बाजुरा

उक्त खेलमा प्रथम हुने खेलाडी टिमलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । भने दोस्रो हुने टिमलाई ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक बडिमालिका युथ क्लबले जनाएको छ ।

खेल संचालन मालिका माद्यमिक विद्यालयका प्राङगढमा संचालन भईरहेको छ । खेल नकआउट सिस्टमबाट खेलाईने खेल ईम्पाएर राजेश रानाले बताए ।
बाजुराको सदरमुकाम मार्तडीमा खुला महिला फुटबल प्रतियोगिताको आयोजना भएपछि खेल हेर्न दर्शकहरुको भिड लागेको छ ।

194 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank