पराजित भएर पनि जापान अन्तिम १६ मा

बिहिबार, असार १४, २०७५



कोलम्बिया र जापान विश्वकपको समूह एचबाट क्रमशः विजेता र उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका छन् । रुस विश्वकप अन्तर्गत समूह ‘एच’ बाट कोरिया र कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।

बिहीबार साँझ भएको खेलमा पोल्यान्डसँग १-० ले पराजित भए पनि जापान फेयर प्लेको आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो । कोलम्बियाले भने सेनेगललाई १-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।  जापान र सेनेगलको अंक र गोल भिन्नता बराबरी भए पनि जापानले फेयर प्लेका आधारमा अन्तिम १६ मा स्थान बनाएको हो।

पोल्याण्डसँग पराजित भए पनि जापानले समान ४ अंक रहेको सेनेगललाई पछि पार्दै नकआउट चरणमा पुगेको हो । सेनेगल र जापानको समान ४ अंक र गोल अन्तर पनि बराबर भएपछि फेयर प्लेका आधारमा जापान भाग्यमानी बनेको हो । दोस्रो चरणमा पुग्न बराबरी गरे मात्र पनि प्रयाप्त रहने भएकाले जापान बराबरी गर्ने मनसायले मैदान उत्रिएको थियो। जापानले रक्षात्मक खेल खेल खेल्दै पहिलो हाफ बराबरीमा सकिएको थियो।

290 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank