भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश

शुक्रबार, अशोज १९, २०७५



काठमाडौं । नेपाल साफ यू १८ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो। भुटानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेपाली चेलीहरु चम्किएका हुन् ।

नेपाली टोलीले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो। नेपालको जितका लागि नेपाली गोलकिपर अन्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन्। उनको उत्कृष्ट प्रदर्शनमा पेनाल्टी सुटआउटमा भारत नेपालसँग ३-२ गोल अन्तरले पराजित भएको हो।

निर्धारित समय र थप भएको ३० मिनेटमा खेल १- १ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो।

नेपालको जितमा गोलरक्षक रानामगरले उत्कृष्ट बचाउ गरिन्। समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२-० ले पराजित गरेको थियो भने बंगलादेशसँग २-१ ले पराजित भएको थियो।

252 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank