बलात्कारले पनि रोक्न सकेन फुलनदेवीको सफलताको यात्रा

शनिबार, पुस २, २०७३



आदरणीय पाठकबृन्द,
गत हप्तादेखी हामिले सुरु गरेको व्यक्ती परिचय स्तम्भलाई यो शनिबार पनि निरन्तरता दिएका छौँ । कुनेबेला चर्चामा रहेका तर रहस्यात्मक पात्रहरुका बारेमा पाठकहरुको रुची अनुसार जानकारी दिने गर्दछौँ । आज हामि दलित परिवार जन्मिएर सानैमा बलात्कारमा परेकी तर मेहनतका साथ भारतको सांसद बन्न सफल महिला फुलनदेवीका विषयमा तयार पारिएको सामाग्री पस्किएका छौँ ।

भारतको उत्तर प्रदेशको एक गरिब परिवारमा १० अगष्ट १९६३ मा जन्मेकी फुलनदेवी दस्यु सुन्दरीको नामले चर्चित भएकी थिइन । गरीब र अछुत परिवारमा जन्मेकी फूलनको बिबाह ११ बर्षको  उमेरमा २३ बर्षिय युबकसंग हुन जाँदा उनी कलीलो उमेरमा यौन हिँसाको शिकार भईन ।

उत्तर प्रदेशको बेहमाई भन्ने स्थानमा स्थानिय उच्चजात ठाकुरहरु (राजपुत) बाट तीन हप्ता सम्म सामुहिक बलात्कार र सार्बजनिक बेइज्जती पछी डाँकु बनेकी फूलन आफ्ना डाँकु प्रेमी बिक्रम मल्लाह र डाँकु मान सिहको मद्धतले १४ फेब्रअरी १९८१ मा बलात्कारी ठाकुरहरुसंग बदला लिदै बेहमाईमा एकै पटक २२ राजपुतको हत्या गर्दै चर्चामा आईन ।

डाँकु जीवनमा रोबिन हुड नै बन्न सफल फूलन, हत्या र डकैतीको काम छोडदै सन १९८३ मा उत्तर प्रदेश सरकारका मुख्यमन्त्री मुलायम सिंह यादब सामु आत्मसमर्पण गर्न राजी भईन ।

११ बर्षको जेल जीवन पछी सन १९९४ मा मुलायम सरकारले उनी माथी लागेbandit-queen-oct17को आरोपबाट मुक्ती दिदै राजनीतिमा स्थापित गरीईन । भारतिय लोकसभाको चुनाबमा समाजबादी पार्टीको टिकट लिदै १९९६ र १९९९ मा मिर्जापुर क्षेत्रबाट चुनाब जित्न सफल भईन ।

२५ जुलाई २००१ मा बेहमाई घटनाको बदला लिन उपल्लो जात कै सेर सिंह राना उर्फ पंकज सिंहबाट दिल्लीमा पाँच गोली खाँदै आफ्नो ३७ बर्षे जीवनमा त्याग्न बाध्य भईन ।

प्रस्तुती- दीपेन्द्र पाण्डे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments