मन्त्रीको पछि पछि

कविता

शनिबार, माघ १३, २०७४

- इन्जिनियर, राकेश कार्की



विदेशमा मन्त्री आए
मन्त्रीको पछि पछि
हतारिदै बथान भए
छेउछाउमा पसि

कोही ‘हजुर’ भन्छन्
हात जोडी गनगन
दौडादौड खुब सत्कार
गुमाइ बिर्सि आफ्नोपन

मन्त्रीसँग फोटो खिच्न
तँछाड मछाड कस्तो
डिभी पिआर सबैजना
संसार नै जिते जस्तो

कहाँ गयो तिम्रो आफ्नो
प्रतिष्ठा र पहिचान
परिजीवि झैँ किन अर्कामा
लुकाउँदैछौ मान र शान

तिमी पनि त केही हौ
किन नुहेको त्यस्तो
तिमी पनि त केही छौ
छैन कोही यहाँ सस्तो

मन्त्रीको पछि उभिएर
छाती र नाक फुलाउने
मन्त्रीकै नामसँग जोडिएर
आफ्नो नाम खुलाउने

विदेशमा पनि चाप्लुसी
खै त तिम्रो अस्तित्व
सदा गर आफ्नो सम्मान
सबैको छ आफ्नै व्यक्तित्व

इन्जिनियर राकेश कार्की
लस एन्जेलस

158 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank