पत्रकार महासंघ प्रदेश- ७ को अध्यक्षमा शाह निर्वाचित

आइतवार, बैशाख २३, २०७५



काठमाडाै‌ । नेपाल पत्रकार महासंघ प्रदेश नं ७ को ऐतिहासिक पहिलो प्रदेश निर्वाचनबाट अध्यक्षमा अर्जुन शाह निर्वाचित भएका छन् । शाहले ३७९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी हरि जोशीले २६२ मत प्राप्त गरेर पराजय भए ।

शाहले ११७ मतान्तरले जोशीलाई पराजित गरेका हुन् । बैतडीमा ४५ मत खसेकामा शाहले ३२ तथा जोशीले १३ मत प्राप्त गर्नुभयो । दार्चुलामा ३९ मत खसेकामा शाहले नौ र जोशीले ११ मत प्राप्त गगरे भने १९ मत बदर भएका छन् ।

डडेल्धुरामा शाहले २४ तथा जोशीले ३५ मत प्राप्त गर्नुभएको छ । बझाङमा ३७ मत शाहले तथा चार मत जोशीले प्राप्त गरेका थिए । डोटीमा शाहले १८ तथा जोशीले २२ मत प्राप्त गरे ।

अछाममा शाहले ५३ तथा जोशीले २७ मत प्राप्त गर्नुभयो । बाजुरामा २७ मत शाहले प्राप्त गर्दा जोशीले १८ मत प्राप्त गरे । कैलालीमा १०० मत शाहले प्राप्त गर्दा जोशीले ४३ मतमात्रै प्राप्त गरे ।

कञ्चनपुरमा शाहले ७९ मत प्राप्त गर्नुभयो भने जोशीले ८९ मत प्राप्त गर्नुभएको छ । प्रदेश नं ७ मा अरु पदका लागि भने प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको सहमतिमा निर्विरोध निर्वाचित भएका थिए ।

अध्यक्ष पदका लागिमात्रै भएको निर्वाचनमा दुबै प्रेस चौतारीका उम्मेदवार हरि जोशी र अर्जुन शाहबीच प्रतिस्पर्धा भएको थियो । प्रेस चौतारी नेपाल, प्रेस युनियन र प्रेस सेन्टर तीनवटै संगठनले देशभरका सबै प्रदेश, उपत्यका र एशोसिएट कमिटीमा भागबण्डा गरेका थिए ।

62 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank