प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन सभामुखको ध्यानाकर्षण

सोमवार, बैशाख ३०, २०७६



काठमाडौं । नेपाल पत्रकार महासंघले संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन सभामुख कृष्ण बहादुर महाराको ध्यानाकर्षण गराएकाे छ ।

पत्रकार महासंघको टोलीले सोमबार सभामुख कृष्णबहादुर महरालाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटेर प्रेस स्वतन्त्रता विरोधी प्रावधान विधेयकबाट हटाउन ध्यानाकर्षण गरेको हो । महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिलका पदाधिकारी नियुक्ति तथा पदच्युत, जरिवानाको व्यवस्थाले काउन्सिललाई स्वायत्त नभई पूर्णरुपमा सरकारको नियन्त्रणमा राख्न खोजेको आरोप लगाए ।

ध्यानाकर्षण पत्र बुझ्दै सभामुख कृष्ण बहादुर महराले विधेयकका विषयमा सञ्चारमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता जनाएका छन् । साथै राष्ट्रियसभाका अध्यक्ष र विषयगत समितिका सभापतिलाई भेट्न सुझाव दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata