पत्रकार पक्राउको विरोधमा महासंघको आपत्ती

शुक्रबार, भदौ ६, २०७६



काठमाडौं । बिना कारण पत्रकारलाई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गरेको छ ।

शुक्रबार विहानमहासंघ कास्की शाखा सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पक्राउ गरेको भन्दै पत्रकार महासंघले घटनाप्रति आपत्ती जनाएको हो ।

महासंघले प्रेस विज्ञप्ती मार्फत घटनाको भत्र्सना गरेको हो । पत्रकार महासंघ कास्की शाखाका अनुसार शुक्रबार विहान पोखराको शिशुबाट प्रहरीले पत्रकार हमाललाई पक्राउ गरेको हो ।

बिनाकारण पत्रकार हमाललाई गिरफ्तार गरिएकोमा महासंघ विरोध र भत्र्सना गर्दै तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गर्दछ । विज्ञप्तीमा भनिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata