भारतीय अतिक्रमणबारे पत्रकार महासंघद्वारा सरकारकाे ध्यानाकर्षण

आइतवार, बैशाख २८, २०७७



काठमाडाैं । नेपाल पत्रकार महासंघले भारतीय अतिक्रमणबारे ध्यानाकर्षण गरेकाे छ । महासंघले एक प्रेस विज्ञप्ति मार्फत  भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करिव २२ किलोमिटर सडक निर्माण गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।

महासंघका महासचिव रमेश बिष्टद्वारा जारि विज्ञप्तिमा भनिएकाे छ। दुई देशबीच सहमति र सन्धि भई सीमाको सिमाङ्कन भइसकेको अवस्थामा भारतद्वारा त्यसलाई नजरअन्दाज गरी एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु आफैंमा दुःखद् र खेदजनक कार्य हो । भारतको यो कदमले नेपालको सार्वभौमसत्तामा आघात पुग्नुका साथै दुई देशबीचको प्रगाढ सम्बन्धमा समेत खलल् पुग्ने खतरा बढेको महासंघको ठहर छ ।

महासंघ भारतद्वारा गरिएको यो अतिक्रमण तत्काल रोक्न र कूटनीतिक पहलद्वारा समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ भन्दै विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments