सूचना प्रविधि विधेयक प्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मङ्लबार, पुस १५, २०७६



काठमाडाै । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सूचना प्रविधि विधेयक अघि बढाइएको प्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

पत्रकार महासंघले मगलबार एक  प्रेस विज्ञप्ती जारी गर्दै  उक्त विधेयक प्रति ध्यानाकर्षण भएकाे जनाएकाे हाे ।  विचार तथा अभिव्यक्ति लेखेकै भरमा पाँच वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय सहितको कठोर दण्ड व्यवस्था गरिएको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने महासङ्घको ठहर गरेकाे छ । सूचना प्रविधिसम्बन्धी विधेयकका कतिपय प्रावधान आमसञ्चारको क्षेत्रलाई नियन्त्रण गर्न दुरुपयोग हुन सक्ने गम्भीर खतरा देखिएको भन्दै विराेध जनाएकाे छ  ।

  नेपाल कम्युनिस्ट पार्टी संसदीय दल र महासंघबीच गत असार २३ गते सञ्चार  सम्बन्धी अन्य विधेयक ल्याउँदा संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ को आधारमा महासंघसहित अन्य सम्बद्ध सबै पक्षसँग छलफल गरी संसदीय प्रक्रिया बमोजिम निष्कर्षमा पुग्ने भनी जनाइएको प्रतिबद्धताकाे स्मरण गराएकाे छ । सरोकारवालासँग छलफल र सहमति गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सम्मान हुने गरी सूचना प्रविधिसम्बन्धी विधेयक अघि बढाउन जोडदार माग महासङ्घले माग गरेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments