दुबई विमानस्थल पानीले भरियो, कैयौं उडान रद्ध

आइतवार, पुस २७, २०७६



एजेन्सी । पश्चिम एसियाली देश संयुक्त अरब इमिरेट्सको दुबईस्थित अल मकतूम इन्टरनेशनल एयरपोर्ट  भारी वर्षाका कारण  डुबानमा परेको छ । गएको १२ घण्टादेखि त्यो अवस्था रहेको र कैयौं मानिस त्यहाँ फसेकोमा बताइएको छ ।  करिब ३०० भारतीय नागरिक त्यहाँ फसेको अधिकारीहरूले बताएका छन् ।

शनिबार भारी वर्षा र बाढी आएपछि विमानका कैयौं उडानमा ढिलाइ वा रद्ध गरिएको थियो ।  कतिपय विमानले रुट बदलेका थिए । स्रोतको अनुसार कैयौं उडान १२ देखि १४ घण्टा ढिला भएका थिए ।

सोसल मिडियामा हालिएका भिडियोमा सो विमानस्थलमा पानी नै पानी देखिन्छ ।  त्यहाँ रहेका थुप्रै यात्रुलाई अर्को उडान लिनुपर्ने भए पनि पानीका कारण उडान अवरुद्ध भएका छन् ।

प्रशासनका तर्फबाट एडभाइजरी जारी गरेर भारी वर्षाले उडान प्रभावित भए पनि यात्रुका लागि वैकल्पिक उपाय अपनाउन लागिएको जनाइएको छ । दुबई विमानस्थल विश्वकै व्यस्त विमानस्थलमा पर्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments