हरेक बर्ष यसकारण डुवानमा पर्छ तराई मधेस

बिहिबार, भदौ १, २०७४

loading...

- भूवन क्षेत्री



वर्षा याम सुरु भएसँगै वर्षेनी दक्षिणतर्फको नेपाली समथर भुमी डबानमा पर्दै आएको छ । भारतसँग सीमाना जोडिएको यो क्षेत्र प्रत्येक असारबाट असोजसम्म डुबानको चपेटामा पर्दै आएको छ । डुबान प्राकिृतक विपत्ति भए पनि यसको कारक तत्व मानव निर्मित संरचना नै हुन् ।  नेपाल आफैले निर्माण गरेको संरचनाले नेपाली भुमि डुबानमा भने परेको होइन । पूर्वको झापादेखि सुदुरपश्चिमको कञ्चनपुर वर्षेनी डुबानको चपेटामा पर्दै आएका छन् । भारतसँग सीमा जोेडिएको यो क्षेत्रमा भारतले नेपालबाट बग्ने नदीमा बनाएका ब्यारेज तथा तटबन्धकाका कारण नेपाली भुमि डुबानमा पर्दै आएको छ । यो वर्ष पनि तराई जलमग्न छ ।

यसपटकको प्रकोपबाट देशभरीमा ९७ जनाको मृत्यु भयो । २८ जना अझै बेपत्ता, छन् । १३ हजार ४सय ९७ घरपरिवार पूर्व रुपमा घरबार विहीन भएका छन् । त्यो भन्दा बढी आंशिक रुपमा प्रभावित छन् ।  यस्तै सयौं हेक्टरमा लगाईको धानबाली नस्ट भएको छ भने करिब एक हजारभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । खेत बगरमा परिणत भएको छ ।

नेपालबाट सिधै भारत प्रवेश गर्ने १ सय ५० नादी नाला छन् । यी मध्ये महाकाली, कर्णाली, गण्डगी र कर्णाली ठूला नदी हुन् । भारत प्रवेश गर्ने नदीमा भारतले हालसम्म नेपाली सीमा नजिकै १८ वटा ब्यारेज, तटबन्द, जलबाँध र ठोक्कर बनाएको छ । आफ्नो भुमिलाई बाढीबाट जोगाउन भारतले नेपाली सीमा नजिकै बनाएका यी संरचनाका कारण नेपाली भुमि डबानमा परेको हो । वर्षामा भारतले यी ब्यारेजका सबैढोका बन्द गर्ने र सुख्खा यामा सबै ढोका खोल्ने गरेको छ । जसका कारण भारतलाई सिंचाई सुविधान पनि भएको छ । र बाढीको पनि समसया समधान भएको छ । तर, नेपाली भुमि भने वर्षामा डुबान र सुख्खामा खडेरी बेहोर्दै आएको छ ।

भारतले सीमामा बनाएको बाँधका कारण डुबानमा परेको पछिल्लो उदाहरण बाँके हो । यहाँ भारतले अन्तर्राष्ट्रिय कानुनकै उल्लंघन गरेर नेपालबाट बग्ने राप्ती नदीमा लक्ष्मणपुर ब्यारेज र कलकलवा तटबन्भ निर्माण गरेको छ । जसका कारण यो वर्ष बाँकेका बेतहनी, बनकट्टी, फत्तेपुर, गंगापुर, काँलाफाँटा, नरैनापुर, परैनालगायतका गाविस डुबानमा परेका छन् । वि.सं. २०४२ सालमा निर्माण गरिएको लक्ष्मणपुर ब्यारेज नेपाली सीमानाबाट करिब २ किलोमिटरको दुरीमा रहेको छ । जसका कारण सो ब्यारेजले नेपालको २० किलोमिटर यताको भुमिमा डुबान पर्दै आएको छ । यहाँ वर्षेनी डुबानको समस्या छ । यो समस्यामै रानीति गर्नेहरु पनि छन् ।

स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुँदा उत्त। प्रदेशका तत्कालीन मुख्यमन्त्री  अखिलेश यादव मधान गर्न आफू तयार रहेको बताएका थिए । त्यसयता पनि  डुबान परेकै छ, समधानको कुनै उपाय खोजिएको छैन ।

यो ब्यारेज निर्माणमा भारतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको नेपाली अधिकारी बताउँछन् । भारतले ब्यारेज तथा बाँध निर्माण गर्दा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने गरेको छ । कुनै पनि देशसँगको सीमा नजिक यस्ता संरचना बनाउनु परे त्यो देशसँग सहमति लिनुपर्ने हुन्छ । तर, भारतले यस्ता संरचना बनाउँदा नेपालसँग पूर्व स्वीकृति लिने गरेको छैन । संरचना तयार भएपछिमात्र छलफल हुने गरेको सरकारी अधिकारी बताउँछन् । सीमा नजिक बनाइएका संरचनाले अर्काे देशमा क्षति पुगे उचित क्षतिपूर्ति दिनुपर्ने हुन्छ । तर, भारतले हालसम्म यस्तो क्षति नदिएको बताइएको छ ।

यस्तै कमला नदीमा बनेको तडबन्धका कारण यो वर्ष पनि सिन्धुली, सर्लाही जिल्लाका केही गाविस डुबानमा परेका छन् । कमलाना नदीमा बनेको तटबन्ध भत्किएपछि यी क्षेत्रहरु हाल डुबान र बाढीको चेपटामा परेका छन् । यो तटबन्ध पनि भारतलेनै बनाएको हो ।

पूर्वको कोसी ब्यारेजका कारण पनि सुनसरी र मोरङका केही गाविस डुबानमा परेका छन् । धौलीगंगा नदीमा बनाइएको बाँध भारतले अचान खोलिदिँदा दार्चुला सदरमुकाम खलंगानै बगेको थियो । सो बाढीका कारण क्षत्विक्षत खलंगा तंग्रिन सकेको छैन । सो बाढीको कारक भारत र उसले बनाएको बाँध भए पनि भारतले त्यसको क्षतिपूर्ति दिएको छैन ।

भारतले बनाएका बाँध र प्रभावित क्षेत्र

धौलीगंगा, शारदा र टनकपुर बाँध  
दार्जुला सदरमुकाम, कञ्चनपुर सदरमुकाम र कञ्चनपुरका केही गाविस

लाशपुरी
२०४० सालमा बनेको यो बाँधले कैलालीका फूलवारी, पवेरा, हसुलिया, रतनपुर, खैलाड, लालबोझी, भजनी र धनगढी नगरपालिका तथा र बर्दियाका सानो श्री।, खैरीचन्दन, राजापुर, दौलतपुर, जैनपुरलागयतका गाविस ।

लक्ष्मणपुर बाँध
बाँकेका बेतहनी, बनकट्टी, फत्तेपुर, गंगापुर, काँलाफाँटा, नरैनापुर, परैनालगायत गाविस ।

कोइलावास
दाङका ३ हजार मानिस वर्षेनी प्रभावित

महलीसागर बाँध
कपिलवस्तुका बदौली, भगवानपुर, लोहरौली, नदवा, मुडिला, रंगपुर, भैसाहिया, कजवा, रामपुरवा, पर्साेहियालागयतका गाविसहरु ।

रसियावाल खुर्दलोटन तटबाँध

यो बाँधका कारण रुपन्देहीका ८ वटा गाविस प्रभावित भएका छन् । थुमुवा, पिप्रहवा, आमा, भगवानपुर, रोहणीहवा, करौता, वेदकुइया र भदौली ।

डण्डा फरेना तटबन्ध

कपिलवस्तुको सिद्र्धाथनगर नगरपालिकालगायत ।

गण्डक ब्यारेज

नवलपरासीका रुपौलिया, कुडिया, नरसिंह, प्रतापुर, गणी, पर्सौनीलगायत ।

लाल बकैया तटबन्ध

रौतहटका गौर नगरपालिका, औरही, सिर्सिया, पुरेनवालगायतका गाविस ।

बैरगनिया तटबन्ध
रौतहट सदरमुकाम, बन्जारा, औरइयालायगात ।

बागमती तटबन्ध
रौतहटकै केही गाविस ।

कमला तटबन्ध
धनुषा र सिराहाका केही गाविस ।

सिराहा तटबन्ध

सिराह सदरमुकाम, सुखीपुर, ईट्टापुर, जानकी नगर, सन्हैठालगायत गाविस ।

खाँडो तटबन्ध

सप्तरीको करिब १८९० हेक्टर जमिन डुबानमा पर्दै आएको ।

कुनैली तटबन्ध

सप्तरी दक्षिण भेकका ११ गाविस पभावित ।

कोशी बाँध
सप्तरी, सनसरी र मोरङका केही गाविस प्रभावित ।

1057 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank