निरन्तर पानी, सयौँ बस्ती जोखिममा, कयौँ डुबानमा

सोमवार, असार १८, २०७५



काठमाडौं । ‘फेरि पहिरो गयो ? कसरी जाने होला बर्वाद नै भयो नी’  बिहान चितवन जान हिडेका हरी अधिकारी कलंकीमा नारायणगढ मुग्लिन सडकका बारेमा चिन्ता व्यक्त गर्दै थिए । लगातार पहिरो जाने क्रम नराकिएपछि यात्रामा सस्ती भोग्नु परेको छ । सोमबार बिहानै सिद्धार्थ राजमार्गमा पनि फेरि पहिरो गरेको छ ।

बर्षायाम सुरु भएसँगै मनसुन सक्रिय भएपछि देशभरी नै पहिरो र बाढीको चिन्ता थपिएको छ । भूकम्प प्रभावित क्षेत्रमा मात्रै ५ सय बस्ति जोखिममा छन् । गएराती देखि परेकोको पानीका कारण तराईका कयौ बस्तिमा पानी पसिकसको छ । खहरेखोला र नदीहरुमा पानीको सतह बढेको छ । राजधानीका सडकहरु पनि जलाम्मे देखिएका छन् ।

बाँकेको नेपालगञ्जस्थित न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र जलमग्न छन् । प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ । यातायात आवामन र व्यवसाय प्रभावित भएको स्था छ ।

तराईका जिल्लाहरुमा स्कूलहरु बन्द भएका छन् । स्कूल गएका विद्यर्थी नपढी फर्किएका छन् । राप्ती नदीको कारण नेपालगञ्ज र लमही तथा नारायणी नदीले रजैया क्षेत्र जोखिममा परेको मौसम विज्ञान विभागले जनाएको छ ।

चितवनको माडी–ठोरी सडकखण्डको रौतनी खोलाको पुल भाँसिएको छ । रिउ खोलाको पानी सतह खतराभन्दा माथि पुगेपछि प्रहरीले सतर्क रहन अपिल गरेको छ ।रौतहतमा पनि बस्तिमा पानी पसेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार मंगलबारसम्म रिन्तर पानी पर्ने भएकाले जोखिमका बस्तिमा सजग रहनुपर्नेछ ।

196 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank