बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २३ पुग्यो, डुवान क्षेत्रमा उपचार समेत रोकियो

बुधबार, असार २०, २०७५



काठमाडौं । आइतबारबाट मनसुनी वर्षा हुँदा मुलुकका अधिकांश स्थानमा बाढीपहिरोको प्रकोप बढेको छ । तराईमा डुवान परेको छ भने पाहाडमा पहिरोको प्रकोप देखिएको छ। प्रकोपका कारण दुई दिनमा २३ जनाको मुत्यु भएकोप्रहरी केन्द्रीय कार्यालयले नेपालपाटीलाई जानकारी दिएको छ्न ।

चार जना बेपत्ता भएका थिए । अबिरल परेको वर्षाका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । पहाडी जिल्लामा पहिरोको जोखिम अत्यधिक बढेको छ ।

हवाई उडाहरु प्रभावितहुँदा पाहाडी जिल्लाका यात्रुहरु पनि उड्न पाएका छ्न । डुवान परेका क्षेत्रमा उपचार गर्न समेत समस्या भएको छ । बाँके, बद्र्रीया, रौतहत, सर्लाही, कपिलबस्तु लगायतका केही ठाउँमा उपचार समेत प्रभावित भएको गृहमन्त्रालयले जनाएको छ । आज बुभबारदेखि भने पानी केही कम पर्ने मौसमपूर्वानुमान शाखाले जनाएको छ ।

250 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank