मेडम बनिन पहिलो नगर प्रमुख

बिहिबार, जेष्ठ ४, २०७४



जुम्ला । चन्दननाथ नगरपालिका जुम्लामा विजयी भएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला प्रमुख बनेकी छिन्। लगातार चार दिनसम्म भएको चन्दननाथ नगरपालिकाको मतगणनाको अन्तिम मतपरिणामबाट सेजुवाल प्रमुखमा भारी मतले विजय भएकी हुन् ।

उनले खसेको सात हजार ५१३ मतमध्ये दुई हजार ८०६ मत ल्याएर विजयी भएकी मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्तिलाल महतले दुई हजार ६६ मत ल्याएका मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए ।

त्यसैगरी, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का अप्सरादेवी न्यौपाने महतले दुई हजार १८ मत प्राप्त गरी विजय भएकाछन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगतबहादुर खत्रीले एक हजार ७७४ मत ल्याउनुभएको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का प्रमुखका उम्मेदवार अशोककुमार श्रेष्ठले दुई हजार १५ मत प्राप्त गरेका थिए । नेकपा (एमाले)बाट उपप्रमुखको उम्मेदवारी दिएकी मेनका रेग्मी चौलागाईंले एक हजार ७१० मत प्राप्त गरेका छन् ।

762 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank