बुढिनन्दा प्रथम मेयर कप फुटबल शुरु

बुधबार, अशोज २९, २०७६

- धर्मराज पाध्याय



बाजुरा । बुढीनन्दा नगरपालीकाको कोल्टीमा  प्रथम मेयर कप मंगलबारबाट शुरु भएको छ । युवाहरुको क्षमता , विकास युवा मैत्रीक नगरको स्थापनाका साथै समृद्ध नगर बनाउने उद्धेश्यले पहिलो पटक बुढिनन्दा नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता शुरु गरिएको हो ।

मेयर कप फुटबल प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५ रुपैया उपविजेताले ८८ हजार ८८८ रुपैया ट्रफि र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।  खेलबाट आगामी दिनमा समेत खेलकुदको विकासमा टेवा पुग्नुका साथै गतीशीलता ,अनुशासन र बिकास हुने बुढिनन्दा नगरपालिका प्रमुख पदम कुमार गिरीले बताएका छन ।

a

खेल उद्धघाटन कार्यक्रमको अध्यक्ष समेत रहेका नगरप्रमुख गिरीले आगामी दिनमा यूवामैत्री नगर स्थापनाका लागि खेल जगतको विकास गरिने उद्घोष गरे । उनले युवाहरुलाई अनुशासनको कडीमा राख्ने एक मात्र विकल्प खेलकु्द रहेको बताए । खेलको प्रमुख अतिथी पूर्व भुमी सुधार सहायक मन्त्री जनकराज गिरी  रहेका थिए भने विशिष्ट अथितीहरुमा पूर्व सभासद नेकपाका नेता हिक्मत जंग शाही, नेकपाका प्रदेश कमीटी सदस्य अझ बहादुर मल्ल ,नेपाली काँग्रसेका नेता बाजुरा उपसभापती गोबिन्द्र बहादुर मल्ल लगायत रहेका थिए ।  प्रतियोगितामा २३ वटा टिमे दर्ता भएको मेयअरकप खेलका संयोजक दीपक कार्कीले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata