पृथ्वीभन्दा ३० लाख गुणा ठुलो ‘ब्ल्याक होल’को पहिलो फोटोले केके बताउँछ ?

बिहिबार, चैत्र २८, २०७५



 पेरिस । खगोलविद्हरुले बुधबार कालो छिद्र(ब्ल्याक होल)को पहिलो फोटो सार्वजनिक गरेका छन् । ४० अरब किलोमिटर क्षेत्रफल रहेको उक्त ब्ल्याक होल पृथ्वीभन्दा ३ लाख गुणा ठुलो रहेको छ । जसलाई खगोलविदहरुले अहिलेसम्मकै सबैभन्दा भयंकर राक्षस ‘मोनस्टर’ मानेका छन् ।

ब्रसेल्स, साङघाई , टोकियो, सेन्टीयागो, वासिंगटन एवं ताइपेमा अलग-अलग संवाददाता सम्मेलित सम्मेलनमा आकाशगंगा (ग्यालेस्की) भन्दा ५०० लाख खरब किलोमिटर टाढा रहेको  उक्त ब्ल्याकहोल हाम्रो सुर्य भन्दा ६.५ अरब गुणा ज्यादा तौलको रहेको बताएको छ ।  जुन एम ८७ ग्यालेक्सी अन्तर्गत पर्दछ ।

‘इभेन्ट होरिजन’ नाम दिइएको ८ वटा टेलिस्कोप मद्दतले खगोलविदहरुले पहिलोपटक ब्ल्याक होलको फोटो सार्वजनिक गरेका हुन् ।  उक्त फोटोमा चमकदार ‘रिंग अफ फाइर’ देखिएको छ, जसको मध्यभागमा वृतकार कालो छिद्र देखिएको छ ।

ब्ल्याक होल:

ब्ल्याक होल त्यो क्षेत्र हो जसको शक्तिशाली गुरुत्वाकर्षणबाट प्रकाश समेत बच्न सक्दैन अर्थात ब्ल्याक होलमा उज्यालो समेत हराउने गर्दछ भने नजिकका जुनसुकै वस्तुलाई पनि यसले आफूतर्फ तान्ने गरेको विश्वास गरिन्छ ।  वैज्ञानिकहरुको भाषामा यो पूर्ण रुपमा कालो हुन्छ र परिक्रमा पथबाट मात्र यसको पहिचान गर्न सकिन्छ ।

हालसम्म गरिएका अनुसन्धानहरुमा ठुल्ठुला ताराहरुको जीवनचक्र सकिएपछि नै उनीहरु ब्ल्याक होलमा परिणत हुने दाबी गरिएको छ । वास्तवमा यो तस्बिरले आइन्सटाइनको ‘थेउरी अफ रिलेटिभीटी’ सिद्धान्त माथि प्रश्न उठाउन सक्ने भएकाले पनि विश्वभरका वैज्ञानिकहरु यसका लागि अत्यन्तै उत्साहित रहेका छन्  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank