अर्काको नाममा मत हाल्न खोज्दा प्रहरीले हान्यो गोली, मतदान स्थगित

आइतवार, बैशाख ३१, २०७४



दोलखा । तामाकोशी गाउँपालिका वडा नं. ५, सहरेस्थित जनजागृति मावि मतदान केन्द्रमा अर्काको नाममा मतदान गर्न गएका व्यक्तिले प्रहरी हवल्दारलाई दुव्र्यवहार गरी आक्रमण प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोलीबाट मतदान गर्न लाइनमा बसेकी लीला खड्का घाइते भएकी छिन् । उनको तिघ्रामा गोली लागेको छ । घटना लगत्तै सो मतदान केन्द्रमा नेपाली सेनाको टोली पुगेको छ। सेनाको टोलीले गोलीको छर्रा मात्र लागेको जानकारी दियो।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले प्रहरीले हवाई फायर गरेको बताउँदै सुरक्षा तैनाथी बढाएर सो कन्द्रमा चुनाब सुचारु गराउने प्रयास भइरहेको बताए । स्थिति असहज भएपछि सो मतदान केन्द्रमा चुनाब स्थगित भएको छ।

3549 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank