अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

बुधबार, पुस ९, २०७६



रुकुम । रुकुमको आठविस गाउँपालिका वडा नम्बर १० को वडा कार्यालयमा आगजनी भएको छ ।  मंगलबार राती अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेका हुन ।

आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजातहरु पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रुकुमप पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकरी दिए । आगलागी भएको जानकारी पाउन वित्तिकै इलाका प्रहरी कार्यालय राडी बजारबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । आगजनीबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्कले बताए । प्रहरीले विप्लव समूहको संलग्नता रहेको हुनसक्ने अनुमान गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments