प्रधानमन्त्री मोदीको आवासीय परिसरमा आगलागी

मङ्लबार, पुस १५, २०७६



एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको  आवासीय परिसरमा सोमबार साँझ आगलागी भएको छ ।  लोक कल्याण मार्गस्थित उनको आवासीय परिसरमा  साँझ ७ः२५ बजे आगलागी भएको बताइएको छ । यदद्पी  तत्काल आगो नियन्त्रणमा लिइएको थियो ।

भारतको अग्निशमन विभागका अनुसार आगो नियन्त्रणमा लिनका लागि दमकल समयमै पुगेका कारण क्षति हुन नपाएको जनाइएको छ । अधिकारीहरुका अनुसार आगो सामान्य भएकोले समयमै नियन्त्रण गर्न सकिएको थियो ।

पछि प्रधानमन्त्री मोदीको कार्यालयका तर्फबाट ट्विट गर्दै भनिएको थियो,‘‘सायद सर्ट सर्किटका कारण यो आगलागी भएको हो । आगो प्रधानमन्त्रीको आवास र अफिसमा लागेको होइन एसपीजी रिसेप्सनमा लागेको थियो । यो तत्कालै नियन्त्रण भएको छ  ।’’

मोदीको आवासीय परिसरमा आगलागी !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments